स्वास्थ्य मन्त्रालयलाई अरनिको समाजको सहयोग

काठमाडौं श्रावण २७, बुधवार अरनिको समाजले स्वास्थ्य मन्त्रालयलाई १ लाख पीसिआर टेष्ट किट प्रदान सहयोग प्रदान गरेको छ । बुधबार मन्त्रालय परिसरमा चीनको ऊहान इजी डायग्नोसिस बायोमेडिसिन कम्पनीबाट उत्पादित करीव रु ५ करोड बरावरको उक्त सहयोग सामग्री समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले मन्त्रालयका बरिष्ठ स्वास्थ्य विशेषज्ञ ( विशिष्ट श्रेणी ) डा दिपेन्द्ररमण सिंहलाई प्रदान गर्नुभएको हो । सो अवसरमा स्वास्थ्य विशेषज्ञ सिंहले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै समाजले उपलब्ध गराएको सामग्री अधिकत्तम सदुपयोग गर्ने बताउनुभयो । सो अवसरमा समाजका अध्यक्ष डा श्रेष्ठले चीनको…

लामाटारमा वडा भवनको शिलान्यास

२०७८ साउन २७, ललितपुर महालक्ष्मी नगरपालिकाको वडा नं  ९  को वडा कार्यालय भवन निर्माणकालागि  नगर प्रमुख रामेश्वर श्रेष्ठको हातबाट शिलान्याश सम्पन्न गरिएको छ ।  बुधवार बिहान एक कार्यक्रमबीच ९ नं वडा अध्यक्ष श्री वासुदेव शर्मा गौतमको अध्यक्षतामा २ करोड १५ लाख २ हजार ९२ रुपैया ८० पैसाको अनुमानित लागतको उक्त वडा भवनको निर्माणस्थल लामाटारमा शिलान्यास गरिएको हो ।शिलान्यास कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख श्रेष्ठले सो भवनको निर्माण तोकिएको समयभित्रै तोकिएको मापदण्ड र गुणस्तरमा निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभएका छन ।   निर्वाचन घोषणा पत्रमा गरिएका…