पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो – ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर देशैभरी मोहनी नख:को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” भनी घटस्थापनादेखि साधना गरिएको उक्त देवीको प्रतिमा र पौराणिक तीन खडगसहित बिधिवत पूजाआजा सम्पन्न गरि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको समुपस्थितिमा बाजागाजासहित मूलचोकमा भित्राईएको हो । खडगसिद्धी र शक्ति साधनासंग सम्बन्धित यस मानमानेश्वरी देवी लिच्छवी राजा मनदेवको ईष्टदेवी रहेको मान्यता पाईन्छ…