पाटनमा दशैं सुसम्पन्न, अर्थपूर्ण मायाको चिनो प्रदान

कार्तिक ३, ललितपुर पाटनमा लिच्छवीकालिन मूछें आगम घर सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सफलतापूर्वक संचालनपछि परम्परा अनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गराई सम्पन्न गरिएको छ । ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमवारका दिन मूलचोकमा अवस्थित मू छें माजुको देवालयबाट शक्तिको प्रतिक तीन खडग मू छें आगंम घरमा ( “द्यो: थाहाँ बिज्याकेगु” ) भित्राईए पछि चतुर्दशी र पूर्णिमाका दिन ठेचोस्थित नवदुर्गा देवीको अन्तिम नाच सँगै यस वर्षको मोहनी नख: अर्थात दशैंको पनि समापन भएको हो । महालक्ष्मी मन्दिर प्रांगनमा सम्पन्न उक्त…