इलाननी पार्क स्वर्गको टुक्राझैं – उपमेयर सत्याल

कार्तिक १६, ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननी पार्कको समुदघाटन कार्यक्रममा उपमेयर गीता सत्यालले सो पार्कलाई स्वर्गको टुक्रासंग तुलना गरेका छन । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार  ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । उपमेयर गीता सत्यालले पार्क हेर्दा अग्रज पुस्ताहरुको संस्कृती र सम्पदा जिवन्त राख्ने खुला ठाउँ सहित बस्ती बिकास योजनाको स्मरण अनि प्रशंसा गर्नुभयो । उनले इलाननी पार्कको अवलोकन…