न्हुदँ पूर्वसन्ध्यामा १६ वडाब्यापी गायन र नृत्य प्रतिभा पुरस्कारबीच ललितरत्न सम्मान

ने.स.११४१ कौलागा आमाई, कार्तिक १५ ललितपुर महानगरपालिका १६ वडा कार्यक्षेत्र अन्तर्गत समेत पर्ने पाटन दरवार क्षेत्रको कार्तिक डबली नेपाल सम्वत ११४२ आगमनको पूर्वसन्ध्यामा संगीतमय भएर सजिएको थियो । जनकवि दुर्गालाल श्रेष्ठको “न्हुदँ म्हिग थें थौं न वैच्वन (नववर्ष हिजोझैँ आगमन….)” बोलको गीतमा वरिष्ठ संगीतकार गायकहरु अमरराज शर्मा, बदनराज शर्मा लगायतका सल्लहकार र वडा कलाकार समिति, १६ वडा गायन तथा नृत्य प्रतियोगितामा सहभागी नवकलाकारहरुसमेतको सामुहिक गानले लक्ष्मीपूजाको झिलमिल साँझ अनि नेपाल सम्बत ११४२को पूर्वसन्ध्या थप रमणीय बन्दै थियो । सोही कार्यक्रमबीच लोकप्रिय संगीत प्रवीण मोहनप्रसाद जोशीलाई “ललितरत्न” उपाधिले बिभुषित सम्मान प्रदान…