पाटन संग्रहालयको रजत वर्ष प्रवेश – पूरा होला त शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना ?

ने. सं. ११४२ कछलाथ्व एकादशी, सोमवाः । २०७८ कार्तिक २९ । नोभेम्वर १५, २०२१ललितपुर पाटन संग्रहालय ब्यवस्थापन समितिको २४औं बार्षिकोत्सवमा प्रमुख अतिथी वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई “Archeological Garden” (पुरातात्विक बगैंचा)का रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन । यस अगाडि २१औं वार्षिकोत्सवको अवसरमा बताएका कुरा पुन:स्मरण गर्दै आफू पुरातत्व विभागको निर्देशक रहँदा यत्रतत्र क्षयीकरण हुँदै गएका र विभिन्न उत्खननबाट उपलब्ध प्राचीन मूर्ति, शिलालेख जस्ता सामग्रीहरुको संग्रहित हुने स्थानका रुपमा पाटन दरबार क्षेत्रभित्रको भण्डाः क्यबः (भण्डारखालको बगैंचा)को कल्पना गरेको दोहोर्याएका…