पाटनमा स्थापित भए २ लक्ष्मीनारायणको मूर्तिहरु

मंसीर १८, ललितपुर पाटन पटको टोलमा करीव ४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । बिदेशको संग्रहालयबाट उक्त मूर्तिलाई फर्काएर बिधिवत रूपमा यथास्थानमा प्राणप्रतिस्थापन गरिएपछी अब सो मन्दिरमा लक्ष्मीनारायणका दुबै मूर्तिलाई पुजिने भएको छ । ३७ वर्षअघि पाटनको पटको टोलबाट चोरी भएर अमेरिकाको डल्लास म्युजियम अफ आर्टस् पुगेको लक्ष्मीनारायणको मूर्ति बिगत ६ महिनादेखि पाटन संग्रहालयमा रहँदै आएको थियो । उक्त मूर्तिलाई स्थानियकै जिम्मामा मूल मन्दिरमै स्थापना गर्दा संस्कृति सम्पदा जगेर्नाको महत्वबृद्धिसंगै संरक्षणको दायित्व स्थापित हुनेगरी औपचारिक रूपमै लगेको प्रमाण राख्न मूल चोकमा वडाका पदाधिकारीहरू, अभियन्ता…