१६ दिने अभियानको निरन्तरतामा प्रतिबद्ध युवा

मंसीर २४, ललितपुर यस वर्षको लैगिक हिंसा बिरुद्धको बिश्वब्यापी १६ दिने अभियान  शुक्रवार टुंङ्गिदैं गर्दा ललितपुरका युवाहरुले यस्को निरन्तरताकालागि युवा साझेदारी अभियानको घोषणा गरेका छन । महानगरिय प्रहरी प्रभाग मंगलबजारको सहकार्यमा राष्ट्रिय युवा महासंघ ललितपुरले शुक्रबार पाटन संग्रहालयको प्रांगणमा “लैंगिक हिंसा बिरुद्ध युवा साझेदारी घोषणा” कार्यक्रमको आयोजना गरेका हुन । जिल्लाका महिला समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला प्रशासकिय अधिकृत घनश्याम उपाध्यायले नेपाली समाजमा ब्याप्त महिला बिभेदको पुरातन चिन्तन यसखालको अभियान निरन्तरताले मात्र  तोड्न सकिने बताउँदै आयोजक युवा संस्थाको गतिशीलताको प्रशंसा अनि बधाई…