पाटनमा भेट्टिएको लिच्छ्वीकालिन अभिलेख र सान्दर्भिक इतिहासका बाछिटा

पुस ७, ललितपुरराजेश बज्राचार्य पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी लिच्छवीकालिन ऐतिहासिक शिलापत्र भेटिएको छ । महानगरपालिकाले दरवार क्षेत्रको मूल बाटोमुनी चरणबद्ध रूपम ढल निकासको कार्य गर्नेक्रममा भिमसेन मन्दिर अगाडीको क्षेत्रमा पौष ५ गते करिब १० फिट मुनि उक्त शिलापत्र फेला पारिएको हो । फोटो श्रोत: शिवेश शर्मा, पाटन यस अघि २०७८ भाद्र २९ गते पनि मध्यकालिन शिलालेख भेट्टिएको पाईएको छ । दोश्रोपटक फेला परेको यस शिलालेख सो उत्खखन टोलीमा रहेका पुरातत्‍त्वविद प्रकाश दर्नालबाट प्राप्त सूचनाको आधार र अनुरोधमा लिपिबिज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले प्रारम्भिक अध्ययन गरेका हुन ।…