अध्ययनशीलता बिकासकालागि पुस्तकालय निर्माण अभियानमा लियो क्लबका युवाहरु

पुस ९, तनहुँ अध्ययनशीलता बिकासकालागि पुस्तकालय निर्माण कार्यक्रम लिएर लियो क्लब अफ काठमाडौं कोहिनुरका युवाहरु तनहुँ पुगेका छन । तनहुँ जिल्लाको रिसिङ्ग स्थित ‌श्री शिव सरस्वति माध्यमिक विद्यालयमा स्थापित उक्त पुस्तकालयलाई सघाउन पुस्तक तथा आवश्यक सामाग्री बोकेर लियो क्लब र जापान स्थित पुस्तकालय ए.पि.यु. संस्थाका प्रतिनिधीहरु पुगेका हुन । गत फेब्रुअरीमा “Building Nations Through Building Libraries” अन्तर्गत स्थापित गरिएको पुस्तकालयलाई स्थायित्व प्रदान गर्न लियो क्लब अफ काठमाडौं कोहिनुर र पुस्तकालय ए.पि.यु. ले यस पटक “Learner’s Room: A Path to Wisdom” नामक परियोजनानै बिकास गरि सो पुस्तकालयलाई पुस्तकहरु र पुस्तकालय सामाग्रीहरु…