१६ वडाका १ सय जेष्ठ नागरिक सम्मानित

पुष १०, ललितपुर – फोटो पत्रकार कृतन मंगल जोशी ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार अशोक पार्टी पालेसमा आयोजिt सो सम्मान कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार प्रदान गर्नुभयो । त्यसपछि नेवाः परम्परा अनुसार पहिलो ज्याजकु (बुढापास्नी) गरिसकेका ७८ वर्ष पुगेका ९९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने सम्मानित हुने सबैलाई समाजसेवी मोतिशाक्यको परिवारको तर्फबाट न्यानो सिरक प्रदान गरिएको थियो…