न्हुदँ पूर्वसन्ध्यामा १६ वडाब्यापी गायन र नृत्य प्रतिभा पुरस्कारबीच ललितरत्न सम्मान

ने.स.११४१ कौलागा आमाई, कार्तिक १५ ललितपुर महानगरपालिका १६ वडा कार्यक्षेत्र अन्तर्गत समेत पर्ने पाटन दरवार क्षेत्रको कार्तिक डबली नेपाल सम्वत ११४२ आगमनको पूर्वसन्ध्यामा संगीतमय भएर सजिएको थियो । जनकवि दुर्गालाल श्रेष्ठको “न्हुदँ म्हिग थें थौं न वैच्वन (नववर्ष हिजोझैँ आगमन….)” बोलको गीतमा वरिष्ठ संगीतकार गायकहरु अमरराज शर्मा, बदनराज शर्मा लगायतका सल्लहकार र वडा कलाकार समिति, १६ वडा गायन तथा नृत्य प्रतियोगितामा सहभागी नवकलाकारहरुसमेतको सामुहिक गानले लक्ष्मीपूजाको झिलमिल साँझ अनि नेपाल सम्बत ११४२को पूर्वसन्ध्या थप रमणीय बन्दै थियो । सोही कार्यक्रमबीच लोकप्रिय संगीत प्रवीण मोहनप्रसाद जोशीलाई “ललितरत्न” उपाधिले बिभुषित सम्मान प्रदान…

इलाननी पार्क स्वर्गको टुक्राझैं – उपमेयर सत्याल

कार्तिक १६, ललितपुर। ललितपुर महानगरपालिका– १६ वडाको सहयोगमा पुननिर्मित इलाननी पार्कको समुदघाटन कार्यक्रममा उपमेयर गीता सत्यालले सो पार्कलाई स्वर्गको टुक्रासंग तुलना गरेका छन । १६ वडा र इलाननी टोल सुधारको संयुक्त आयोजनामा ऐतिहासिक हिरण्यवर्ण महाविहार  ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको इलाननी चोकको पुरानो स्वरुपमा परिर्वतन गरिएको पुनर्निर्मित इलाननी पार्कको समुदघाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालले संयुक्त रूपमा गरेका हुन । उपमेयर गीता सत्यालले पार्क हेर्दा अग्रज पुस्ताहरुको संस्कृती र सम्पदा जिवन्त राख्ने खुला ठाउँ सहित बस्ती बिकास योजनाको स्मरण अनि प्रशंसा गर्नुभयो । उनले इलाननी पार्कको अवलोकन…

पाटनमा दशैं सुसम्पन्न, अर्थपूर्ण मायाको चिनो प्रदान

कार्तिक ३, ललितपुर पाटनमा लिच्छवीकालिन मूछें आगम घर सम्बन्धित मनमानेश्वरी भवानी जात्रा तथा खड्ग (पाय:) जात्रा यस वर्ष सफलतापूर्वक संचालनपछि परम्परा अनुसार कोजाग्रत पूर्णिमामा विशेष पूजापश्चात प्रसाद ग्रहण गराई सम्पन्न गरिएको छ । ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: त्रयोदशी सोमवारका दिन मूलचोकमा अवस्थित मू छें माजुको देवालयबाट शक्तिको प्रतिक तीन खडग मू छें आगंम घरमा ( “द्यो: थाहाँ बिज्याकेगु” ) भित्राईए पछि चतुर्दशी र पूर्णिमाका दिन ठेचोस्थित नवदुर्गा देवीको अन्तिम नाच सँगै यस वर्षको मोहनी नख: अर्थात दशैंको पनि समापन भएको हो । महालक्ष्मी मन्दिर प्रांगनमा सम्पन्न उक्त…

समाजसेवी एवं उद्योगपतिरमेश महर्जनज्यु रहनु भएन

कार्तिक १, ललितपुर समाजसेवी एवं उद्योगपतिको उच्च छवि बोकेका  रमेश महर्जनज्युको निधन भएको छ ।५४ वर्षीय महर्जन कोरोना संक्रमण पश्चात सोमबार दिउँसो १:४५ बजे मेडिसिटी अस्पतालमा निमोनियाको उपचारत अवस्थामा स्वर्गारोहण भएको बताईएको छ ।महर्जनको अन्तिम बिदाइ तथा दाह संस्कार भोलि बिहान १०:३० बजे पशुपति आर्यघाटमा हूने पारिवारिक श्रोतले जनाएका छन । अन्तर्राष्ट्रिय छवि समेत उच्च रहेका दिवंगत रमेश महर्जन आर.बि. डायमण्ड ज्वेलरीकासाथै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष समेत हुनुहुन्थ्यो । भूकम्पपछीको पुनर्णिर्माणमा पनि पिलाछें टोलकै बिकसित एकीकृत बस्ती पुनर्निर्माणमा समेत प्रमुख भुमिका रहेका महर्जन नेपाल संम्बत न्हूदँ राष्ट्रिय…

पाटनमा लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्राईयो – ७ दशकपछी तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

असोज २६, ललितपुर देशैभरी मोहनी नख:को शुरुवात तथा फुलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग ७ दशकपछी तीन गुथियारहरुले बोकेर भित्राईएको छ । स्थानिय भाषामा “द्यो: क्वहाँ बिज्याकेगु” भनी घटस्थापनादेखि साधना गरिएको उक्त देवीको प्रतिमा र पौराणिक तीन खडगसहित बिधिवत पूजाआजा सम्पन्न गरि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको समुपस्थितिमा बाजागाजासहित मूलचोकमा भित्राईएको हो । खडगसिद्धी र शक्ति साधनासंग सम्बन्धित यस मानमानेश्वरी देवी लिच्छवी राजा मनदेवको ईष्टदेवी रहेको मान्यता पाईन्छ…

गणेश बहादुर शाक्यको दुर्लभ दिव्य रथारोहण

२०७८ असोज २४ नेवा: संस्कृतिमा बुढाबुढी भएपछि जंको गर्ने चलन छ। आफ्नो परिवार, समाज र देशको लागि धेरै काम र अनुभव बटुलेका बृद्धबृद्धाहरुको उच्च मूल्यांकन स्वरूप सम्मान गर्ने र तीनको सुस्वास्थ्यको कामना गर्दै उनीहरूबाट आशिर्वाद थाप्ने चलनको रूप जंको अथवा ज्याजंको रहेको प्रतीत हुन्छ। साँस्कृतिक मान्यता अनुसार मनुष्य यति लामो आयु बाँचेपछि देवता सरह भएको मानिन्छ र त्यसै अवसरमा यो कार्यक्रम गरिन्छ। त्यसैले जंको गरिसकेका बुढाबुढीहरूले भनेको मान्ने कोसिस गरिन्छ। उनीहरूलाई चित्त दुख्ने काम गरिंदैन। बुढा भएसम्म बुढाको उमेर अनुसार साइत हेरेर दुबैको जंको गर्ने गरिन्छ । औसत जीवनकालभन्दा बढी…

सामाजिक एकतामा ‘आसमान नेपाल’ को ‘निक शिक्षा दिअ’ योगदान

जनकपुरधाम, असोज १९ गते –उपेश महर्जन धनुषा (जनकपुर)बाट ‘आसमान नेपाल’ नामक संस्थाले आफ्नो नाम अनुरुप प्रदेश २ को आसमान (आकाश)लाई ‘निक शिक्षा दिअ’ अभियानमार्फत साँच्चिकै सामाजिक एकताको माला बुन्न योगदान दिएको पाईएको छ । शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्य रहेको यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र भाषिक एकतामा बल पुगेको छ । धार्मिक र भाषिक रुपमा भिन्न दर्शन, विचार, संस्कार, संस्कृति र रहनसहन भएको जातिलाई पनि शिक्षाको उज्यालोबाट अन्य जातिसँग घुलमिल हुन प्रेरित गर्नुकासाथै समाजबाट…

जेष्ठ नागरिक सम्मान सहित निशुल्क आँखा शिविर सम्पन्न

१६ असोज, ललितपुर आरोग्य परमा लाभा नारामा सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई पनि सम्मानित गरिएको छ ।जेष्ठ नागरिक केन्द्रित उक्त शिविरमा बिहान ८- ११ बजे सम्ममा २ सय ५८ जनाले परिक्षण गराएका थिए भने नागबहालका दशपारमिता आजुहरुलाई शिविर संयोजक मोतिशान्ती शाक्य, वडाध्यक्ष निर्मलरत्न शाक्य, छाँया जुवा लगायत इच्छुक स्वंयसेवकहरुले विशेष सम्मानकासाथ  दिर्घायु कामनासहित दानप्रदान गरेका थिए । नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा निशुल्क जाँच तथा निशुल्क…

समाजसेवामा सकृय जोशी परिवारलाई मातृशोक

२७ भाद्र २०७८, आइतवार समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ । उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उ आइतबार बिहान निधन भएको हो।स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो। जोशीको पार्थिव शरीरलाई दिउँसो पशुपतिस्थित आर्यघाटमा धार्मिक विधिपूर्वक दाहसंस्कार गरियो। स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका कान्छो छोरा अमरेश जोशीले दागबती दिनुभएको थियो।स्वर्गीय जोशीका पति अमरमान जोशी र छोेरा अजरमान जोशी, अरुणमान जोशी र अमरेशमान जोशी गरी तीन छोरा रहेका छन् । जीवनको महत्वपूर्ण र लामो समय ललितपुर उद्योग वाणिज्य संघमार्फत निजी क्षेत्रको विकासमा क्रियाशील जोशी…

ईतिहासविद जोशीको “कदम: अभिनव मेरा अनुभूति” लोकार्पण

भाद्र २२, २०७८, ललितपुर – राजेश बज्राचार्य, कृतन मंगल जोशी “कदम बाबा! मेरी अर्धाङ्गिणी प्रिया !…. यदि म आज मरें भने तिमिलाई कस्तो लाग्ला?……… दाईको कलम नै कदम हो, अनि कदम भन्नू नै दाईको आफ्नो कलम हो । यसरी कदम हुन कलम, कलम अनि कदम । (२०७८।२।१७।२)” २०७८ बैशाख १४ गते दिवंगत हुनुभएका धर्मपत्नी कदम केशरीज्युको स्मृतिमा  ईतिहासविद हरिराम जोशीज्युले समर्पित गर्नुभएको आत्मालापको अनुभूति हुन माथिका अंशहरु । २०१७ सालयता ६ दशकको यात्रापछिको बियोगलगत्तैपनि आफ्ना कलम-कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको  प्रेमलाई जीवन्तता प्रदान गर्नुकासाथै तथ्य र तर्कका बेजोड…