शताब्दि पछि हरसिद्धीको नाच दोलखामा नचाईने

फागुन ८, २०७८ चरिकोट, दोलखाराजेश बज्राचार्य, कृतन मंगल जोशी नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ । फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत तथा नाच ब्यवस्थापनकालागि सम्पन्न सामूहिक तयारी बैठक पछि नगरप्रमुख भरत केसीले सो कुराको उदघोष गरेका हुन । “ऐतिहासिक नगर दोलखाका प्रख्यात दोलखा भिमसेन, कालिन्चोक भगवती, त्रिपुरा सुन्दरी लगायतका अन्य थुप्रै साँस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा हामी लागि परेका छौं । यसै सन्दर्भमा हामीले यहाँको…