खड्गी सेवा समितिको ऐतिहासिक प्रवज्या संवर कार्य सम्पन्न

शनिवार, चौलाथ्व अष्टमी ११४२, चैत्र २६, २०७८, काठ्माडौं नेपाल खड्गी सेवा समितिको आयोजनामा परम्परागत बज्रयानी बौद्ध धर्मकै सम्भवत: पहिलो इतिहासमा नेवा: समुदायका पिछडिएको वर्गका रूपमा बिगतमा सिमान्तिकृत गरिएका नाय्, खड्गी, सिंह र शाही समुदायको १० जनालाई बिधिवत रूपमा भिक्षु लुयेगु (प्रवज्या संवर प्रदान) गरिएको छ । समितिको आयोजनामा शनिवार चैत्र २६ गते वडा नं १९ स्थित चिबाख्य:मा लुम्बिनी बिकास कोषका समेत सल्लाहकार एवं परम्परागत बौद्ध धर्म संघका संस्थापक तथा नेपाल बज्रयान महाबिहारका चक्रेश्वर गुरु प्रा.डा. नरेशमान बज्राचार्यया नेतृत्वमा उक्त प्रवज्या संवर प्रदान गरिएको हो । “नाय: , सिंह – शाही…