Crime News & Prevention Entertainment Feature News Social Youth & Sports

श्रावण २१, ललितपुर

प्रहरीसंग मिलेर सञ्चालन गरिएको लागूऔषध दुव्यर्सनी विरुद्ध सडक नाटक अभियानले ललितपुरको टंगल टोलमा निरन्तरता पाएको छ ।

ललितपुरमा लागू औषध दुव्र्यसनी संख्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न प्रहरीसंग मिलेर राष्ट्रिय युवा महासंघ संयोजनमा सो नाटक देखाउँदै आएको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एवं भर्खरै बढुवा हुुनुभएका प्रहरी नायब महानिरीक्षक ठूले राईको प्रत्यक्ष निर्देशनमा महानगरीय प्रहरी प्रभाग मंगलबारले लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रमको खाँचो महसुश गरेको थियो ।

’युवावर्गसंग सम्बन्धित समस्या भएकोले युवा महासंघका पदाधिकारीहरुसंग सल्लाह गर्दा सडक नाटक उचित हुने सुझाव आयो । सोही अनुरुप गत बैशाख २ गते ललितपुर वडा नं १२ बंगलामुखीबाटै सडक नाटक देखाउन थालेको हुँ । ‘प्रभागका प्रमुख थापाले भन्नुभयो । यसको पृष्ठभूमी रुपमा गत फाल्गुण १२ गते विहीबार शिक्षा दिवसको सन्र्दभमा आयोजित साईकल ¥यालीले काम गरेको थियो ।

चार महिनायता विभिन्न वडा र टोलमा देखाउन थालेपछि यसले अभियानको रुप लिएको हो । नृत्यसंगै लागू औषध विरुद्ध घर परिवार सक्रिय हुनुपर्ने, यसमा प्रहरीको साथ लिन सकिने नाटकको सन्देश थियो । नाटक हेर्न युवायुवतीहरुसंगै विभिन्न महिला समूहको विशेष भीड देखिन्थ्यो ।

महासंघका सडक नाटक संयोजक प्रणीता शाक्यका अनुसार हालसम्म सो नाटक ललितपुर महानगरपालिका वडा नं १६ को मंगलबजार, पट्को, प्रभाग परिसर हुँदै शनिबार चक्रबहील टोलमा देखाइएको थियो । यस अवधिमा मोतश्वर समाज सुधार समिति, ताम्रकार समाज लगायतले प्रहरी र स्थानीयसंग अन्र्तक्रिया कार्यक्रम गरिसकेको छ ।

‘निकै सजीव लाग्ने गरी कलात्मक तरिकाले देखाइएको नाटक प्रभावकारी लाग्यो । नाटकको सन्देश पनि महत्वपूर्ण छ ।’ चक्रवर्ती टोल सुधार समिति चक्रबहीलको समन्वयनमा शनिबार देखाइएको नाटक बारे प्रतिक्रिया दिँदै प्रहरी नायब महानिरीक्षक राईले भन्नुभयो ।

लागू औषध दुव्र्यसनी विरुद्धको समस्या बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न युवावर्गलाई त्यसबाट बचाउन नाटक प्रभावकारी रहेको प्रहरी नायब महानिरीक्षक राईको विश्लेषण रहेको छ ।

‘लागू औषध दुव्र्यसनीसंग धेरै पाटो जोडिएको छ । लागू औषध सम्बन्धी कानूनी पनि कठोर हिसाबले बनाइएको छ । लागू औषध दुव्र्यसनीहरुलाई विस्तार ओसारपसारमा संलग्न गराउने आएको विभिन्न अनुसन्धानले देखाएको छ । लागू औषधको दलदलमा युवावर्गलाई फस्न नदिन जनचेतनामूलक कार्यक्रमको निकै खाँचो र महत्व रहेको छ ।’ प्रहरी नायब महानिरीक्षक राईले भन्नुभयो ।

परिसरले यस अवधिमा विभिन्न स्थानबाट ठूलो मात्रामा डाईजीपाम, बुकप्रेनर्फिन लगायत लागू औषध बरामद गरेको थियो भने यसको ओसारपसारमा संलग्नहरुलाई मुद्दा चलाउँदै आएको छ ।
’नाटक र नाटक देखाउने कलाकारहरु महासंघले संयोजन गर्ने हो । जुनजुन संस्था वा टोल नाटक देखाउन आहवान गरेको छ, ती ती संस्थाले व्यहोर्दै आएकोले यस सबैको अपनत्व र सरोकार विषय बनेको छ । ‘ युवा महासंघका अध्यक्ष राजेश बज्रचार्यले भन्नुभयो ।

विभिन्न वडा, टोल र स्वयं जनप्रतिनिधिहरुले नै आ आफ्नो वडामा नाटक देखाउन आग्रह गरेको महासंघले जानकारी दिएको छ । यसले पनि नाटक देखाउने कलाकारहरुलाई निकै हौसला बढाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *