पाटनमा भेट्टिएको लिच्छ्वीकालिन अभिलेख र सान्दर्भिक इतिहासका बाछिटा

पुस ७, ललितपुरराजेश बज्राचार्य पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी लिच्छवीकालिन ऐतिहासिक शिलापत्र भेटिएको छ । महानगरपालिकाले दरवार क्षेत्रको मूल बाटोमुनी चरणबद्ध रूपम ढल निकासको कार्य गर्नेक्रममा भिमसेन मन्दिर अगाडीको क्षेत्रमा पौष ५ गते करिब १० फिट मुनि उक्त शिलापत्र फेला पारिएको हो । फोटो श्रोत: शिवेश शर्मा, पाटन यस अघि २०७८ भाद्र २९ गते पनि मध्यकालिन शिलालेख भेट्टिएको पाईएको छ । दोश्रोपटक फेला परेको यस शिलालेख सो उत्खखन टोलीमा रहेका पुरातत्‍त्वविद प्रकाश दर्नालबाट प्राप्त सूचनाको आधार र अनुरोधमा लिपिबिज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले प्रारम्भिक अध्ययन गरेका हुन ।…

आधुनिक दृष्टिकोणमा गठाँम्वःचह्रे

राजेश बज्राचार्य, फोटोग्राफी ः कृतन मंगल जोशी नेपालमा प्रचलित चतुदर्शीमा मनाइने चार महत्वपूर्ण चाडपर्व मध्ये एक गठाँम्वः (घण्टाकर्ण) पर्व यस वर्ष पनि हर्षोल्लासका चाड उपत्यका विभिन्न स्थानहरुमा मनाइएको छ । नेपालमा यस पर्वको कुन समयदेखि थालनी भयो भन्नेको यकीन प्रमाण नभेटिएपनि कृषिप्रधान देशको इतिहासमा रोपाईंको समयको व्यस्तता लगत्तै मनाइने यस पर्वको विशेष सामाजिक साँस्कृतिक महत्व रहेको पाइन्छ । ती मध्ये प्रमुख सांस्कृतिक पक्षलाई समाज विज्ञान र आधुनिक दृष्टिकोणले केलाउने प्रयास यस लेखमा गरिनेछ । सरसफाई र गठाँम्वः सिथिनखःलाई बर्षको अन्तिम चाडको रुपमा लिइन्छ भने सिनाज्या (धान रोप्ने काम) सकेपछी सर्वप्रथम…

म त्यस्तो नालायक मान्छे हुँ र? – तुलसीलाल अमात्य

श्रावण १८ गुट उपगुटको राजनीतिले नेपालमा वामपन्थीहरुको कहिलै दिर्घकालीन रणनीतिक एकता सम्भव देखिएन । सैद्धान्तिक निष्ठावान राजनीतिबाट अभिप्रेरित योद्धा कमरेड तुलसीलाल सदैव किसान आन्दोलन उत्थानमा लागिपरे । तेश्रो महाधिवेशनबाट महासचिवको भूमिका हुँदै कालान्तरमा नेकपा अमात्यमै सिमित रहन गएपनि यीनैले २०४८को जन आन्दोलन उत्थानमा महत्वपूर्ण भूमिका निभाए । आफ्नालागि आवश्यक औषधिहरु रहेको झोला सहित पार्टी झण्डा हल्लाउँदै उनले गिरफ््तारी दिए संयुक्त वाम मोर्चाको अध्यक्षका हैसियतले । मृगौला रोगले च्यापिएका यीनलाई डायलाइसिस उपचार खर्च सहयोग जुटाउनुभन्दा उल्टो पार्टीभित्र चरित्रहत्याको प्रयास समेत भए । प्रस्तुत छ, उनको मनमा लागेको ठेस अभिव्यक्तिहरुबारे २०५३ साल…

‘Self’ or ‘Not-Self’?

Self or Not-self?

-Rajesh Bajracharya The strong reason for agreeing to this ‘not self’ position is not to claim that I have practiced meditation at the level that is being discussed in this course. I believe I am only a beginner yet to take the meditational courses or formal retreats to claim knowledge of such heights. But through little practice effort, it has constantly helped me evolve better each day in knowing myself from a new perspective.   Principally Buddha talks about the four noble truth and rest could perhaps be taken as the…

कृषि प्रवर्द्धनमा सौर्य सिँचाइको उपयोगिता

उषा मास्के मानन्धर, जीवन बैद्य नेपालमा सौर्य उर्जाको प्रयोग लामो समयदेखि हुँदै आइरहेको छ । विगतमा ग्रामीण विद्युतीकरणको लागि सौर्य घरेलु प्रणालीमा मात्र सिमित थियो यो प्रविधि । हाल आएर विद्युतीकरण भई नसकेका ग्रामीण भेगमा सोलार मिनिग्रिडको रुपमा पनि सौर्य ऊर्जा प्रयोग भैरहेको छ । यससँगै पछिल्लो समय सिँचाइ तथा खानेपानीका लागि अत्यावश्यक सौर्य पम्पिङका लागि पनि सौर्य ऊर्जाको उपयोग गर्न थालिएको छ । यद्यपि विश्वका अन्य देशहरुमा सौर्य सिँचाइ गर्ने क्रम धेरै वर्षअघिदेखि भएको पाइन्छ । नेपालमा पनि शुरुको अवस्थामा खानेपानी प्रयोजनका लागि विभिन्न योजनाहरु सञ्चालन भएपनि सिँचाइमा भने…

तिहारमा भैलो खेल्न पठाउने बलिराजा को थिए?

मनोज घर्तीमगर साँच्चै को थिए बलि राजा ? कुन मुलुकका  हुन ? अनि के संङ्कट पर्यो ? नेपालमा गणतन्त्र घोषणा हुँदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन । बलिहाङ ( मगर भाषामा हागंको अर्थ राजा हुन्छ ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको चौधौं शताब्दीतिर…

नेवारहरुले पूजा गर्ने लक्ष्मी

“नेवा: तयसं पूज्याइम्ह झिंखुम्ह लछमी द्य: ।नेवारहरुले पूजा गर्ने सोह्र लक्ष्मी देवता ।” – सुनिल उलक, पोखरा आखिर धन के हो ? यसको मापन कसरी गर्ने कसरी को कति सम्पन्न भनेर गर्ने कुनै बेला धनको रुपमा कागजी नोट तथा सिक्काको प्रचलन थिएन । तर त्यो समय कुनै वस्तुलाई सतहीको माध्यम बनाउँथे । त्यो वस्तुको संग्रह सकेसम्म धेरै गर्दथे । आज पनि हामी त्यहि नै गर्दैछौ । वास्तवमा पैसा भनेको सम्पति होइन तर यो सतहीको माध्यम हो । तपाइसंग भएको पैसा बोकेर बजारबाट तपाइलाई आबश्यक कुरा सतही गरेर ल्याउनु हुन्छ ।…

अष्टसहाश्रिका प्रज्ञापारमिता र जिर्णोद्धार वंशावलीको महत्व

– राजेश बज्राचार्यअसोज २२ बिहिवार ऐतिहासिक पृष्ठभूमी बुद्ध उपदेशहरु र उनका बौद्धिक दर्शनलाई लिपिवद्ध गरिएका ग्रन्थहरुमध्ये प्रज्ञापारमितालाई प्रमुख मानिन्छ । बुद्धत्व प्राप्ति पश्चात बुद्धले दिनुभएको दोश्रो उपदेशका रुपमा पनि प्रज्ञापारमितालाई लिने गरिन्छ । बुद्ध दर्शनमा रहेको चार आर्य सत्यलाई बुझ्न र आर्य अष्टांगिक मार्गतर्फ बोधिसत्वहरुलाई दोहोर्याउन निकै उपयोगी पाइएकाले श्रुति परम्पराबाट लेखनको विकाससँगै यसलाई ग्रन्थको रुप दिन थालिएको मान्न सकिन्छ । बुद्ध महापरिनिर्वाणको करीव ४ शताब्दिपछि शुरु भएको महायानी बुद्ध धर्म परम्परामा रहेका महत्वूर्ण नवग्रन्थ मध्ये पनि प्रमुख दर्शनका रुपमा प्रज्ञापारमिता रहेको पाइन्छ । अनात्माबोध सम्बन्धमा महत्वपूर्ण उपदेश रहको मानिने…

करुणाको अभाव देखिएको जात्रा

सहकालकालागि पुजिएको करुणामय मछिन्द्रनाथको जात्रा कोभिड संक्रमण तथा त्यसकारण निर्णयमा उत्पन्न अन्यौलताकाबीच जारी निषेधाज्ञा र कर्फ्युबीच क्षमापूजा पछि प्रमुख जात्रा सरोकारवालाहरुबीच रथयात्रा सांकेतिक रूपमा सम्पन्न गरिएको छ । रथ तानिएको दोश्रो दिन आज सोमबारका दिन पाटनका राजा योग नरेन्द्र मल्लका पालामा नेपाल सम्बत ८१४ मा स्थापित मणिमण्डपमा बसेर भाद्र २९ गते भोटोजात्रा बिना समापन गर्ने गरि देवतालाई खतपूजा गरि बुंगमतिमा फर्काईने घोषणा गरिएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार स्थानमा बिसर्जन गराई मनाइन्छ । पहिलो गा:बा: या: भनी रथ पुल्चोकबाट पाटन गा:बहाल पुर्याईन्छ जसलाई काठमाडौंकालागि जात्रा, नुग:…