अष्टसहाश्रिका प्रज्ञापारमिता र जिर्णोद्धार वंशावलीको महत्व

– राजेश बज्राचार्यअसोज २२ बिहिवार ऐतिहासिक पृष्ठभूमी बुद्ध उपदेशहरु र उनका बौद्धिक दर्शनलाई लिपिवद्ध गरिएका ग्रन्थहरुमध्ये प्रज्ञापारमितालाई प्रमुख मानिन्छ । बुद्धत्व प्राप्ति पश्चात बुद्धले दिनुभएको दोश्रो उपदेशका रुपमा पनि प्रज्ञापारमितालाई लिने गरिन्छ । बुद्ध दर्शनमा रहेको चार आर्य सत्यलाई बुझ्न र आर्य अष्टांगिक मार्गतर्फ बोधिसत्वहरुलाई दोहोर्याउन निकै उपयोगी पाइएकाले श्रुति परम्पराबाट लेखनको विकाससँगै यसलाई ग्रन्थको रुप दिन थालिएको मान्न सकिन्छ । बुद्ध महापरिनिर्वाणको करीव ४ शताब्दिपछि शुरु भएको महायानी बुद्ध धर्म परम्परामा रहेका महत्वूर्ण नवग्रन्थ मध्ये पनि प्रमुख दर्शनका रुपमा प्रज्ञापारमिता रहेको पाइन्छ । अनात्माबोध सम्बन्धमा महत्वपूर्ण उपदेश रहको मानिने…

सम्पदा पुननिर्माण विवाद – मेयरको अभिव्यक्तिले सम्पदाप्रेमी अपमानित

२०७७ असोज ८, थिमी । मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले “हिति दुने फल्चा पिने“ सम्पदा पुनर्निर्माणका सन्दर्भमा गत असोज ७ गते मध्यपुर नगरपालिका वडा नं. २ अवस्थित निर्माणाधीन ढुंगेधाराको अनुगमनका क्रममा नमस्ते ख्वप टिभीमा दिएको अभिव्यक्तिले अभियन्ताहरु थप असन्तुष्ट बनेका छन । उक्त अभिव्यक्तिमा मेयर श्रेष्ठले कानूनको अवज्ञाकासाथै सम्पदा संरक्षण ऐन बिरुद्ध कार्य गरेको प्रति आवाज उठाएका सम्पदाप्रेमीहरुलाई परिचालित समूहको संज्ञा दिएर अपमानित तुलाएकोमा अभियन्ताहरुले बिरोध जनाएका छन । बिहिबार बिहान मौसमी प्रतिकुलता बावजूद “हिति दुने फल्चा पिने“ निर्माणस्थलमै पत्रकार सम्मलेन गर्दै अभियन्ताहरुले मेयरको अभिव्यक्ति झूटो रहेको दावी गरे ।…

बुंगद्यःको भव्य स्वागत

भाद्र २९, सोमवार । सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)लाई बुंगमतीमा भव्य स्वागत गरिएको छ। सम्भवत: दुईवटा मन्दिरमा रहने एउटै देवता संसारमै छैन होला । सताब्दियौं पुरानो जीवन्त इतिहास बोकेका यी सहकालका देवता लगभग ६ महिना पाटनको मन्दिरमा र शरद्काल सहित बाँकी समय बुंगमतिको मंदिरमा वास गर्दछन । बर्षेनी जावलाखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो प्रदर्शन सकिने बित्तिकै समापन हुने बुंगद्यःलाई बुंगमतिमा फर्काइन्छ। यसपटक भने कोभिड महामारीका कारण अनिर्णयको बन्दी र १८ गतेको घटना पश्चात पुल्चोकमा सांकेतिक रूपमा टुंगाईएको रथयात्रा अनि इतिहासमै पहिलो पटक भोटोजात्रा पनि राष्ट्रप्रमुखको सहभागिता बिना नै समापन गराइएको…

करुणाको अभाव देखिएको जात्रा

सहकालकालागि पुजिएको करुणामय मछिन्द्रनाथको जात्रा कोभिड संक्रमण तथा त्यसकारण निर्णयमा उत्पन्न अन्यौलताकाबीच जारी निषेधाज्ञा र कर्फ्युबीच क्षमापूजा पछि प्रमुख जात्रा सरोकारवालाहरुबीच रथयात्रा सांकेतिक रूपमा सम्पन्न गरिएको छ । रथ तानिएको दोश्रो दिन आज सोमबारका दिन पाटनका राजा योग नरेन्द्र मल्लका पालामा नेपाल सम्बत ८१४ मा स्थापित मणिमण्डपमा बसेर भाद्र २९ गते भोटोजात्रा बिना समापन गर्ने गरि देवतालाई खतपूजा गरि बुंगमतिमा फर्काईने घोषणा गरिएको छ । पाटनमा रातो मत्स्येन्द्रनाथ जात्रा विषेश गरी चार स्थानमा बिसर्जन गराई मनाइन्छ । पहिलो गा:बा: या: भनी रथ पुल्चोकबाट पाटन गा:बहाल पुर्याईन्छ जसलाई काठमाडौंकालागि जात्रा, नुग:…

फर्पिंगको हरिशंकर जात्रा मा झंकेश्वरीको माहात्म्य भाग १

Badri Nath Kayastha .फर्पिंगको हरिशंकर जात्रा धेरै बर्ष पहिले हेर्ने मौका पाएको थिए । हालसाल हेर्न पाएको छैन । यस्पाली त झन कोरोनावायरस ले कसैलाइ पनि बाटोघाटो नै दिएन । त्यसैले सोही जात्रा को सम्झनामा मलाई लागेको दुई चार कुराहरु लेख्दैछु । १. सबभन्दा पहिले यो जात्रा को आधार हेर्दा यी पॉच कुराको याद आउंछ । १.१. यस क्षेत्रमा अबस्थित गोपालेश्वर शिवलिंग जस्ले यो देखाउंछ कि यस स्वयम्भू लिंग मा गोपाल आएर पूजा आराधना गरेर बरदान प्राप्त गरेका थिए । यहॉ कृष्ण गोपाल रुपमा गोपालहरु साथ लिएर बाणासुरबाट आफ्नु नाति…

बहस ठिक बिद्वेष बेठिक

राजेश बज्राचार्य (नुग: स:) संस्किति सम्पदाको संरक्षणका सवालमा बिहिबार जुन अप्रिय घटना घट्न गयो, त्यसबारे सर्वत्र चर्चा चलेकै छ । यसमा उत्पन्न अराजकता र निषेधाज्ञा तोडिएको भनि राज्यको प्रशासन कानूनी प्रकृयाकालागि केही ब्यक्तिहरु हिरासतमा छन । सो बिहान जात्रा ब्यवस्थापनको निर्णायक कदमकालागि दबाब समुह भनेर आह्वान गरेका स्थानीय संस्कृतिप्रेमीसंगै उपत्यकाका संस्कृति संचारकर्मी लगायत अभियन्ताहरु पनि गिराफ्तार भएका छन । यसबारे थुप्रै प्रकारका बहसहरु चलेका छन तर मूलत रथ निर्माण तथा रथारोहण सम्पन्न भैसकेको र मलमास पछि दशैको समय हुने हुंदाको अवस्थामा कोभिड महामारीबीच पनि सांकेतिक वा सुरक्षित रूपमा रथयात्रा गर्नुपर्ने…

बुंगःद्यो जात्राले निम्त्याएको सकारात्मक सोच

राजेश बज्राचार्य (नुगः सः) परम्परा अनुसार बुंगद्यो जात्रा थालनीकालागि टंग:बहा:बाट जट्टाधारी लोकेश्वर – चाक्वाद्यो (मिननाथ) को रथ पुल्चोक सम्म पुर्याइने र गा:बहा: सम्म यीनकै पछि बुंगद्यो रथ तानिने परम्परा रहेको छ । जनचाहना र जात्राबारे राज्यले सुनुवाई नगरेको आक्रोश स्वरूप आज स्थानीयहरुले मछिन्द्रनाथ रथ तान्दै गर्दा यता मिननाथको रथ पनि मंगलबजार पुर्याइएको अवस्था छ । उता प्रशासनले निषेधाज्ञा तोडिएको भन्दै स्थिति नियन्त्रणमा लिनकालागि पानीको फिहोरा र अश्रुग्यास प्रहार गरेका थिए भने स्थानीयहरु थप आक्रोशित हुंदै नाराबाजी गारिरहेका थिए । स्थिति नियन्त्रणकालागि ललितपुरमा भोलि ललितपुरमा बिहान ४ बजेदेखि राती १० बजेसम्म…

गणेश चतुर्थी / चथा: चख:

हरेक वर्ष नेपाल संवत् अनुसार यँलाथ्व चतुर्थी तथा विक्रम संवत् अनुसार भाद्र शुक्ल चतुर्थीको दिन नेवा: समुदायले ” चथा: चख:” मनाउने गर्दछ। यस तिथीलाई श्री गणेशको जन्मदिनको रुपमा पनि चिनिन्छ। नेवा: समुदायमा चाडपर्वलाई नख: र चख: गरि दुई किसिमले विभाजन गरिएको पाइन्छ। साधारण बुझाइमा नख: भनेको ठूलो चाड हो र यस्तो चाडहरुमा बिहे गरेर गइसकेका चेलीबेटी तथा आफन्तहरुलाई निम्तो दिई घरमा जमघट जसरी `नखत्या´ भनी भोज मनाइन्छ। यसै गरि चख: भनेको सानो चाड हो र यस्तो चाडमा चेलीबेटी तथा आफन्तलाई निम्तो दिन पर्दैन, यसमा घरको परिवार सदस्यहरुसँगै बसेर मिलेर मनाउने गरिन्छ।…

परम्परागत मतया: सम्पन्न

११४० गुँलागा द्वितीया, श्रावण २१, बुधवा:ललितपुर हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै आज परम्परालाई निरन्तरता दिने महत्वपूर्ण ध्येय सहित सफलतापूर्वक सम्पन्न गर्न पाउँदा सन्तुष्ट भएको बताएका छन । परम्परालाई सिमित र सांकेतिक रूपमा संचालन गर्न केवल दुई जना श्रद्धेय गुरुजुहरु, त्यसैगरी झण्डा, निसला, गुलुपा, देवा, बत्ती, कपुर, हर्रो चढाउनका लागि संयोजकहरु (कजि, कजिनी),…

कुम्भेश्वर महादेवको महास्नान सम्पन्न, मेलाका दिन मन्दिर बन्द रहने

११४० गुँलाथ्व चतुर्दशी, श्रावण १८ललितपुर हाल बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आईतवार राती कुम्भेश्वर अर्थात सर्वेश्वर महादेवको प्रतिमालाई मन्दिरको उत्तरतर्फ सिर्जित पोखरीबीचको कुण्डमा बिधिवत रूपमा खटमा बिराजमान गराई महास्नान कार्य सम्पन्न गरिएको छ । तर यसपटक भने कोरोना संक्रमणको बाध्यात्मक परिस्थिती तथा जोखिमलाई ध्यानमा राखेर जनैपूर्णिमा कुम्भेश्वर मेलालाई स्थगन गरिएको छ । सिमित भक्तालुजनबीच कुम्भेश्वर (क्वन्ती महादेव) लाई कुण्डमा बिराजमान गराइ जात्रा सम्पन्न गरेका मूल पूजारीले हालको संकटमोचनको कामना गर्दै बाध्यतावश भोली (जनैपूर्णिमाका दिन) मन्दिर प्रवेश नगराइने अवस्थाका कारण भक्तजनहरुलाई हुने असहजताप्रति क्षमायाचना सहित आआफ्नै स्थानमा बसेर परमात्माको आराधना गरि…