‘कर नतिर्ने फुटपाथ व्यवसायलाई राज्यले नै प्रोत्साहित गर्दैछ’

२०७७ भाद्र २९, सोमवार, काठमाडौं कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन ईच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले नै फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । समाजको स्थापना तथा अभियानको सय दिनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी समाजले पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गइए संक्रमणको जोखिम समेत बढाएको फुटपाथ पसल हटाउन भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो । स्थानीय…

खोकनामा असोज १९ गते तोरीखेती गर्ने घोषणा

भाद्र २७, शनिवार तोरीको तेलबाट सुप्रसिद्ध खोकनावासीहरुले विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोधको थप कार्यक्रम स्वरूप आदिवासीहरुले असोज १९ गते सुडोलको फाँटमा तोरीखेती गर्ने घोषणा गरेका छन । हालैको मच्छिन्द्रनाथ जात्रामा भएको संस्कृतीप्रेमी र प्रशासनको झडप घटना नसेलाउदै खोकना सुडोलमा नेपाली सेनाको संरक्षणमा निर्माण ठेकेदारहरुले विवादित क्षेत्रमा पुन: निर्माणकार्यको थालनीको बिरोध गर्दै खोकनावासीहरुले संघर्ष जारी रहेको बताएका छन । निरन्तर बिरोध बावजूद भैरहेको हस्तक्षेपको प्रतिकारसंगै खोकनाको इतिहास जीवन्त राखिराख्न मर्न पनि तयार रहेको बताउंदै नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका दुर्गाराम डंगोलले सबैको साथकालागि आह्वान गरे । “आदिवासीको आवाज सुनांउदै…

पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने

श्रावण १५ गते ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो । ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक सहयोग काठमाण्डौँ उपत्यका संरक्षण कोष (के.भि.पि.टी.)ले गर्ने भएको छ । के.भि.पि.टी.का तर्फबाट दिइएको योजना अनुसार परम्परागत शैलीको मनमानेश्वरी देवी (मणिद्विप भवानी)को ३ तल्ले प्यागोडा शैलीको मन्दिरको निर्माणकालागि अनुमानित बजेट ७६ लाख रहेको बताइएको छ । आवश्यक बजेटको ब्यवस्था…

राजन बने युवा महासंघ ललितपुरको अध्यक्ष

राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको चौथो वार्षिक साधारणसभाले राजन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा प्रणीता शाक्य, सचिवमा सुरज खड्का, कोषाध्यक्षमा प्रत्येक शाक्य, सह–सचिवहरुमा सुवास बरार्इँली र सनिल डंगोल, सह–कोषाध्यक्षद्वयमा अनिस महर्जन र सायरा महर्जन रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोहण महर्जन, सदिका महर्जन रहनुभएको छ । महासंघका केन्द्रीय अध्यक्ष सुजन घलेको उपस्थितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शाखाका निर्वतमान अध्यक्ष राजेश बज्राचार्यले पद हस्तान्तरण गर्दै शपथ ग्रहण गराउनुभयो । सो अवसरमा शाखाका अध्यक्ष राजन…

खोकनामा रोपाइँको क्रममा प्रहरी र स्थानीयवासीबीच झडप

काठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रको दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती ललितपुरकाे खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रस्तावित द्रुतमार्ग फास्ट ट्र्याकको नाममा खोकनाका किसानहरुको खेती योग्य जमिन खोसिएको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप भएको हो । खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमी बिनास गर्न नहुनेलगायतका माग राखेर स्थानीय विरोधमा उत्रिएका हुन् । आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरी अवरोध गरेको थियो । प्रहरीले लाठीचार्जसमेत गर्‍यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन २० सेल अश्रुग्यास प्रहार गरिएको जनाएकाे छ। सो…